आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • ~ कविता ~~ “हर्केको पार्टी”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ पुष २०७७, सोमबार २२:१७

    ~~ कविता ~~
    “हर्केको पार्टी” –

    मख्ख छ हर्के
    उस्कै पार्टी ठूलो
    उस्कै सिद्धान्त राम्रो
    उस्कै आदर्श सहि।

    दंग छ हर्के
    सदस्यतामा नाम देखेर
    नेताले पिठ थपथपाएको सम्झेर
    सानातिना बिकासे योजनामा नाम लिएको देखेर।

    गमक्क छ हर्के
    समाजमा बढेको शान र मान देखेर
    घरको ढलान थपिए संगै बढेको छ रवाफ हेरेर ।

    त्यसैले त हर्के
    बेलाबेलामा घमण्ड पनि गर्ने गर्छ
    नगरोस पनि कसरी ?
    किनकि
    आजभोलि उ
    सक्रिय कार्यकर्ता बनेको छ
    दायाँ मार्क्सवाद
    बायाँ लेनिन
    कुनामा माओ
    टाउकोमा नेताको ठूलो माला सहितको फोटो झुण्ड्याएर राख्छ।
    पार्टीको झण्डालाई ओढ्ने सिरक
    दस्तावेज र बिधानको
    सिरानी बनाएर सुत्छ।

    दुईदिन घरमा
    ७ दिन बाहिर बस्छ
    श्रीमती संग झर्किन्छ
    कार्यकर्ता संग तर्किन्छ
    बिपक्षी संग भड्किन्छ।

    फेरिएको छ हर्के आजभोलि
    लोकल रक्सी खान छाडेको छ
    बदलिएको छ हर्के आजभोलि
    गरिब निमुखा देख्दा चिढिन थालेको छ।

    हो साच्चै हर्के फेरिएको छ
    हिजोका चर्का भाषण मत्थर बनेका छन्
    हिजोका क्रान्तिकारिता स्वखलित भएका छन्
    नहोस पनि कसरी
    हरेक आयोजनामा कमिसनको बार्गेनिङ गर्न थालेको छ
    उपभोक्ता समितिमा आफ्नै मान्छे खोज्छ
    सर्वहाराको नारा दिएर आफन्त रोज्छ।

    हो साच्चै
    हर्के आजभोलि मोडिएको छ
    त्यसैले त सहयोद्वाको साथ पनि छोडिएको छ।

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु