• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    क्रिसमस न्यु इयरको उत्तम खाना:टर्की रोस्ट विल्लिङटन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १९:१७

    आर.बि.बुढाथोकी
    (सुसेफ सोल्टी क्राउन प्लाजा होटेल)

    अङ्रेजी नयाँ बर्ष र क्रिसमस संसार भर धुमधाम सँग मनाइन्छ। यो बिशेष पर्बमा बिस्वभरका क्रीसियन इसाइहरुले बिशेष पर्बका रुपमा मनाउछन।नेपालमा पनि केही बर्ष यता क्रिसमस र न्यु इयर मनाउने हरु को जमात निकै बढेको छ।घर होस या होटल रेस्टुराँ सबै तिर यो बिशेष पर्बमा बिशेष खाना खाने र खुवाउने प्रचलन छ। ब्रिटिस हरुले प्रति पादन गरेको क्रिसमस न्युइयर डिसविल्लिङटन अहिले संसारभर प्रचलनमा आएको छ।

    सामाग्री

    :

    टर्की ब्रेस्ट-१ केजी,
    मसिनो गरी चप गरेको च्याउ-२ कप,फ्रेस हब्स-आधा मुठा,नुन मरीज-स्वाद अनुसार,रेडवाइन-एक कप,जैतुनको तेल-३ टेबल स्पुन,मसिनो गरी काटेको लसुन र प्याज-५० ग्राम,पपपेस्ट्रीसिट-२५० ग्राम,बटर-३०ग्राम,अन्डाको पहेलो भाग-३ पिस,मुस्टर्ड-२ चम्चा,चिज-३० ग्राम,मैदा-४५ ग्राम

    बिधी:

    सर्बप्रथम टर्कीको छातीको भागलाई पातलो गरी स्लाइस गर्नुस र नुन मरिच,रेडवाइन,थाइम हब्स जैतुनको तेल,लसुन हालेर मोल्नुस र मिलाएर रोल गर्नुस बेकिङट्रेमा हालेर मज्जाले पाक्ने गरी ओभनमा बेक गर्नुस। र्गोल्डन ब्राउनकलर आए पछी निकाल्नुस र चिसो हुन दिनुस।अर्को एउटा फ्राइङ प्यानमा बटर हलेर लसुन लाई ब्राउनगरी काटेको च्याउ लाई दिनुस। केही बेर पछी रेडवाइन,सिजिनिङ हालेर थाइम पनि हाल्दिनुस र साथमा ३ चम्चा पिठो हालेर चलाऊनुस।अन्तमा चिज हाल्दिनुस र निकाल्नुस।यसरी तयार भएको मिक्चर ले टर्कीको पाकेको रोललाई सबै सबै तिर मस्टड पेस्ट लगाउदै कोट गर्नुस र पपपेस्ट्रीसिटले रोल गरेर अन्डाको पहेलो भाग ले राम्ररी वास गरेर ओभन बेक गर्नुस।

    हल्का ब्राउन कलर देखिए पछी निकाल्नुस र काटेर क्यान बेरी ससका साथ माटर्कीविल्लिङटन सर्भ गर्नुस। यो खानलाई अतीनै स्वादिस्ट हुन्छ र स्वास्थ्यबर्दक पनि मानिन्छ।
    टर्कीविल्लिङटन जस्तै भेज तथा अन्य मासुको पनि यही बिधिमा सहजै बनाउन सकिन्छ।क्यानबेरसस बनाउनका लागि क्यान बेरी पिउरी,चिनी,पानी,नुनमरिच,कागती कोरस,कागतीको जेस्ट, दालचिनीको धुलो,जाइफलको धुलो,मसिनो गरी काटेको किसमिस हालेर पकाउनुस र अन्त मारेड वाइन हालेर निकानुस र विल्लिङटनका साथमा सर्भगर्नुस।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु