• “यो मन त नेपाली हो”- तिम्सिना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार ०७:३७

    ~~ ब्यांग्य कविता ~~
    “यो मन त नेपाली हो”-

    घाँटिको जनै काँटिमा झुण्ड्याउँछ
    शिरको टोपी कुनामा मिल्काउँछ
    चाडवाड आए पछी
    खोज्छ टक्टक्याउँछ धुन्छ र सर्लक्क लगाउँछ
    किनकि
    यो मन त नेपाली हो।

    हिलो खेल्नको लागि नयाँ कट्टु किन्छ
    होलि खेल्नको लागि नयाँ गन्जिर किन्छ
    दहिचिउरा खानको लागि दहि किन्छ
    खिर खानको लागि दूध किन्छ
    किनेरै भए पनि चाड मनाउँछ
    किनकि
    यो मन त नेपाली हो।

    नयाँ साल दुईपटक
    जन्मदिन दुईपटक मनाउँछ
    परम्परा हाम्रै हो भन्छ।
    ढिंडो खान ढिंडो दिवस
    गुन्द्रुक खान गुन्द्रुक दिवस खोज्छ
    किनकि
    यो मन त नेपाली हो ।

    जन्मदिनमा cake खोज्छ
    happy new year भन्दै हिड्छ
    ३६५ दिनमा ३६६ दिन पर्व
    हजुरबाको तिथि बिर्सिन्छ
    घर फर्किने मिति बिर्सिन्छ
    किनकि
    यो मन त नेपाली हो।

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु