• म्युजिक भिडियोमा “राजा”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १६:४६

    काठमाडौं ।चलचित्रमा व्यस्त हुने कलाकारहरू म्युजिक भिडियोका काम गर्न इच्छुक भएका छन् । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पछिल्लो समयका चर्चित कलाकार म्युजिक भिडियोमा देखिन थालेका छन् । त्यस्तै, कलाकार चेतबहादुर सिंह “राजा” पनि अहिले म्युजिक भिडियोमा देखिन थालेका छन् । खासै म्युजिक भिडियोमा काम नगर्ने कलाकार चेतबहादुर अहिले भने म्युजिक भिडियोमा बाल्लै देखिएका छन् ।
    कलाकार चेतबहादुर सिंह “राजा” हालै लोकप्रिय लोक गायक बिमल राज क्षेत्रीको जाम हिड धनगडी ,सुवा हुदैन गडबडी गीतको म्युजिक भिडियो अभिनय गरेका छन् । हालै छायाँकन भएको भिडियोमा उनको जोडी अभिनेत्री आशा भुषाल बनेकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु