कविता –
जिउँदाको भन्दा मुर्दाको “सम्मान” धेरै
जिउँदोमा थलाए गलाए
पुत्ला जलाए।
मरे पछि तिनै आदर्श पुरुष कहलाए ।
खोपडिको माग्ने कचौरा
करङ्गको गिटार
नलि खुट्टोको बाँसुरी बनाएर बजाए।
त्यसैले म भन्छु
जिउँदाको भन्दा मुर्दाको सम्मान धेरै ।जिउँदो छँदा बिचार सुनेनन
भनेको मानेन ।
मरे पछि तिनैको आदर्श महान भयो
तिनैको सिद्धान्त मर्गदर्शक बन्यो
तिनैको शरीर अमर बन्यो
त्यसैले म भन्छु
जिउँदाको भन्दा मुर्दाको सम्मान धेरै ।कालो झण्डा देखाईयो
रोस्टम घेराईयो ।
मरे पछि झरेको बंङ्गरा देखाएर
खुट्टाको नङ्ग्रा पुज्दैछन।
सिद्धान्त र आदर्श भन्दै
भोट खोज्दैछन
त्यसैले त म भन्छु
जिउँदाको भन्दा मुर्दाको सम्मान धेरै ।जिउँदैमा मरे तुल्य पारियो
मरे पछि महान अरे
रातारात सालिक ठड्याईयो
बर्ष बर्षमा शिर झुकाईयो
त्यसैले म भन्छु साथी
जिउँदाको भन्दा मुर्दाको सम्मान धेरै ।आँखा,कान ,नाक, फोक्सो ,कलेजो,सबै बिक्छन अरे
नामसारी ,किर्ते हस्ताक्षर, मृत्यु दर्ता गरि, पैसा झिक्छन अरे ।
आफ्ना न पराया
जिउँदाको भन्दा मुर्दाको मुल्य धेरै ।
जिउँदाको भन्दा मुर्दाको सम्मान धेरै ।रामचन्द्र तिम्सिना
(आवाज)