~~ कविता ~~
“हो साथी म फेरिएछु”-
फोहोरी जापान काण्ड खोजिखोजी हेर्थे
रामायणको सुन्दर काण्ड हेर्ने भएछु ।
हँसिया हथौड़ा नओढे निन्द्रा आउँदैन थियो
रास्ट्रीय झण्डा ओढ्ने भएछु ।
हो साथी म फेरिएछु ।
मन्दिर भित्र भगवान खोज्थें
दिन दु:खिमा खोज्न थालेछु ।
भिन्दै लक्ष्य भिन्दै उदेश्य
बर्गिय मुक्तिमा नै भविस्य खोज्न थालेछु।
हो साथी म फेरिएछु ।
रोदन चीत्कार र कोलाहलमा हुर्केको मान्छे म
भड्किलो समाजमा निस्सासी रहेछु ।
गोठालोमा कन्दमुल खोजेर बाँचेको मान्छे म
दलहरुका गुलिया नारामा असलियता खोज्ने भएछु।
हो साथी म फेरिएछु ।
जिन्दावाद र मुर्दावादमा खुशी हुने मान्छे
मौनतालाई अंगाली रहेछु।
वाद, दर्शन र सिद्धान्त कोरा कागज भए
व्यबहारमा समाजवाद खोजिरहेछु ।
हो साथी म फेरिएछु ।
नेता जन्मायो देशले, नेतृत्व अर्कैको भयो,
रास्ट्रीयता खोजी रहेछु ।
राजनेता जन्मिनु पर्ने दलाल धेरै जन्मिए देशमा
तानाशाहको तमासा हेरिरहेछु ।
हो साथी म फेरिएछु ।
हो साथी म फेरिएछु ।
रामचन्द्र तिम्सिना
(आवाज)