• सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

    आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० पुष २०७७, सोमबार १९:१७

    काठमाडौं, पुस २० गते ।
    दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ । नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।
    नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजरा, सगुन राई, विनिता प्रधान, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, सुष्मा राई, मुना तामाङ, प्रतिक्षा राणा, जितबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण जिते ।
    अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बन्यो ।
    डिसेम्बर २८ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टिमको उपाधि हात पा¥यो ।
    ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका जितबहादुर बोट तथा महिलामा अमेरिकाकी बिट्रिज करिना बेलिसिना उत्कृष्ट खेलाडी चुनिए । कलर बेल्टतर्फ पुरुषमा फिलिपिन्सका क्लार्क जेड अबेलो तथा महिलामा सोही राष्ट्रकी फ्रेङहेज्का थेरेसे गुइहामा उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट चारैले जनही १ सय ५० अमेरिकी डलर पुरस्कार जिते । अमेरिकाका क्यारोलिन इने पार्क उत्कृष्ट निर्णायक ठहरिए ।
    आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु