काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

देशभर पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २० गते, सोमबार २१:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ४०३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८५ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर गरिएको थियो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ । यसमध्ये १ हजार ७७४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ५९५ रहेको छ। हालसम्म निको भएका संक्रमितको संख्या २ लाख ५५ हजार ८८ रहेको छ ।

अहिले आइसियूमा २०९ जना र भेन्टिलेटरमा ३४ जना संक्रमित उपचाररत छन् । २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या ७ रहेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १८८५ पुगेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु