हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • क्यानसर पीडित बालकलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १९:३१

    काठमाडौं । क्यानसर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।
    काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले जम्मा २२ हजार २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको कार्यसमितिका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
    कार्यसमितिका अध्यक्ष खड्काले ५ हजार, सचिव कुमार लामा घिसिङ, सह–सचिव राजेन्द्र पुजारी, कोषाध्यक्ष बब्लु सिवाकोटी, सदस्यद्वय सारदा धिताल र अनुभव थापाले समान १–१ हजार तथा सह–सचिव गणेश तामाङ र सदस्य मनोजकुमार शाहले समान ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
    कार्यसमितिका पदाधिकारीले पीडितलाई उनको गोंगबुस्थित निवासमा गइ आर्थिक सहयोग उपलब्ध गराएका थिए । पीडितको हात्तीवनस्थित नेपाल क्यानसर अस्पतालमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु