हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • “माया अमर रहोस्” म्यूजिक भिडियो सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ पुष २०७७, बुधबार ०७:२१

    काठमाडौँ । यो चिसो मौंसममा युगल प्रेमीहरु आँखामा आँखा जुदाउदै नसालु प्रेमको अंगालोमा बाँधिदै भनिरहन्छ “माया अमर रहोस्” । छाडी म जान्छु तिमी रोइ बस्नु यो चिसोमा प्रेमीकालाई धम्की दिन्छन् तर प्रेमी भन्छन् “माया अमर रहोस्” ।

    बाल्यकाल देखि प्रेममा बाँधिएका धेरै प्रेम जोडीहरुको सपना पुरा भयो या भएन तर दर्शन लामा र निकिता थापाले माया अमर रहोस् भन्दै यो पुसको चिसो कटाउने बिचार गरिसकेका छन् ।

    ”हे रातो मफ्लर बेरी काँधमा कालो चश्मा भिरी कानमा
    तिरिरी मुरलीको धुनले तिमीलाई फिरीरी बाधी मेरो आफ्नो बनाउला
    नमाने हातमा तिम्रो नाम कोरी ज्यान फाली मेरो माया जनामला” भन्दै दर्शन लामाले निकिता थापालाई फकाउँदै छन् ।

    ”हे बाटो छेकी हेरी पर बेसी गाउमा बडी भर
    झनन रिसाई आँखा तरी म त फनन फन्को आङ तन्की फर्कमला
    पछी लाए तिम्रो पिछे परदेशी सारा गाउँलाई भड्काउला” भनेर यो चिसोमा तर्साउन खोजिरहेका छन् प्रेमी दर्शन लामालाई तापनि बाल्यकालको मायालाई अंगालोबाट फुत्काउन चाहदैन् दर्शन लामा ।

    यो “माया अमर रहोस्” म्यूजिक भिडियोको छोटो कथा हो । भिडियोमा के भएको छ त्यो भिडियो हेरेपछि नै थाहा पाउने नै छन् तर गायक दर्शन लामाले नेपाली संगीत बजारको भीडमा दोस्रो “माया अमर रहोस्” म्यूजिक भिडियो लिएर आएको छ । हुन त गायक दर्शन लामाको यो पहिलो म्यूजिक भिडियो भने होइन । करिब एक वर्ष पहिला नै “जाऊ हिड मैचयाङ” सेलो गीत मार्फत गायकको परिचय दिइसकेका छन् ।
    अहिलेको यो आधुनिक प्रविधि र नयाँ नयाँ स्टाइहरुको प्रयोगसँगै आएको यो म्यूजिक भिडियो समग्रमा राम्रो नै छन् भन्दा फरक नपर्ला तर नव युगल जोडीहरुका लागि भने यो गीत अमृत नै हुने छन् ।

    स्कुलमा अध्ययन गर्दा देखिको प्रेमीको माया कस्तो हुन्छ भन्ने यो म्युजिक भिडियोबाट देखाउन खोजिएको छ भने प्रेममा जात र थर हुँदैन भन्ने सन्देश दिन खोजिएको छ ।

    यो म्यूजिक भिडियोमा प्रेक्ष्य बज्रचार्य र बिनोद न्यौपानेले अभिनय गरेको छ भने सन्ध्या पाख्रीन र अनिष सिंको अभिनय पनि देख्न पाइन्छ ।
    प्रतिक पौडेलको शब्दमा दर्शन लामाको स्वर रहेको छ ।

    नुवाकोटमा जन्मेको दर्शन लामा काठमाडौँको कोलाहल भित्र गायक भन्ने सपना बुनि रहेका छन् । उनको सामु चुनौतीको पहाड उभिरहेको छ । त्यसलाई पार गर्न सकिन्छ त ? यो “माया अमर रहोस्” म्यूजिक भिडियो पनि एउटा अस्त्र हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु