• हेर्नुस् आज २०७७ साल पौष २३ गते बिहिवारको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०३:२०

    आज – २३ पौष २०७७ बिहिवार को राशिफल
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट लाभ रहला ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज मनपरेको खनेकुरा खान पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलतापनि सफलता पनि मिल्न सक्छ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    लक्ष्मी प्रसन्न हुने योगछ । महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु