मिस डिवाइन ब्युटी नेपाल र मिसेस गोकर्णश्वर पेजेन्ट नेपालको ग्रान्ड फिनाले सम्पन्नहेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)
  • निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १३:०३

    काठमाडौँ, २३ पौष – निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदले जोड दिएको छ । पाँचौं निर्यात दिवसको अवसरमा बुधबार राजधानीमा परिषदद्वारा आयोजित कार्यक्रम समारोह माझ परिषदका तर्फबाट अध्यक्ष हरिबहादुर कार्कीले सो कुरा राखेका हुन । अध्यक्ष कार्कीले उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने र आपसी समन्वयका साथ हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिदै निर्यात परिषद्ले सोही भावना अनुरुप काम गर्दै आएको बताए । अध्यक्ष कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निजी क्षेत्र र सरकार मिल्नुको विकल्प नरहेको उनले बताए ।

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले कुनैपनि वस्तुको बाह्य बजार खोज्नु भन्दा पहिला आन्तरिक बजारमा प्रवद्र्धन गरिनुपर्ने बताए । त्यसका लागि सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्सपो लगायतका प्रबर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको उनले औंल्याए ।

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारणबाट धारासायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायीहरुले एकैसाथ काम गर्नुपर्नेमा जोड दिए । यस्तै महासंघको तर्फबाट निर्यात प्रवद्र्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

    पाचौँ निर्यात दिवस मनाउने क्रममा नेपाल निर्यात परिषदले बुधबार प्रभातफेरी कार्यक्रम र मुल समारोह कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघक उपाध्यक्षद्व्य दिनेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । पाचौँ निर्यात दिवसको अवसरमा निर्यातकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

    सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-०७७ मा नेपालबाट कुल ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको निकासी भएको थियो भने आर्थिक वर्ष २०७७-०७८ को पाँच महिना अवधीमा कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको छ । नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा पाम आयल, उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु