मिस डिवाइन ब्युटी नेपाल र मिसेस गोकर्णश्वर पेजेन्ट नेपालको ग्रान्ड फिनाले सम्पन्नहेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)
  • एनटीए टिम च्याम्पियन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ पुष २०७७, आईतवार ०६:१८

    काठमाडौं, पुस २५ गते ।
    नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र ४ कांस्यसाथ एनटीए समग्रमा टिम च्याम्पियन बन्यो ।
    सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान ३–३ स्वर्ण, रजत र कांस्यसहित नेपाल प्रहरी दोश्रो भयो । १ स्वर्ण, २ रजत र ४ कांस्य जितेको आयोजक सैलुङ तेश्रो स्थानमा रह्यो ।
    पुरुष १८–३० वर्षमा जितबहादुर बोट ७.१३ तथा ३१–४० वर्षमा कमल श्रेष्ठ ७.१६ अंकसाथ पहिलो भए । प्रहरीका दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता हुन् ।
    पुरुष ४१ वर्षमाथि एनटीएका मधुसुधन सापकोटा ५.८६ अंक जोड्दै पहिलो स्थानमा रहे । महिला १० वर्षमा आयोजक सैलुङकी रेणुका तामाङ पहिलो भइन् । रेणुकाले ५.७३ अंक जोडिन् । महिला १२ वर्षमा गोदावरी फिट्नेसकी सर्गम थापा पहिलो बनिन् । सर्गमले ६.२३ अंक बटुलिन् । महिला १७ वर्षमा कपन तेक्वान्दो डोजाङकी सरिस्मा मगर ५.८३ अंकसाथ पहिलो भइन् । पुरुष १७ वर्षमा ५.५५ अंक जोडेका एनटीएका विवेक श्रेष्ठले शीर्ष स्थान हात पारे ।
    प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक खड्का, नोर्बु लामा, मिन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीलाई सम्मान गरिएको थियो । उनीहरुलाई सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल, आयोजक डोजाङका अध्यक्ष बुद्धवीर घिसिङ, सैलुङ गाउँपालिका वडा ३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु