दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गाँजालाई वैधानिक रुपमा खुल्ला गर्नुपर्ने विश्व हिन्दू युवा संघको माग, पृथ्वी जयन्ती पारेर गाँजाबारे जनचेतना कार्यक्रम गर्ने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २६ गते, आईतवार ६:२९

काठमाडौँ, २६ पुस । विश्व हिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व हिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग राखेको हो ।
कार्यक्रममा विश्व हिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज, संस्कृति, भेषभुषा, लिपी लगायतको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको थियो । नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा र व्यवसायिक खेती गरेर विश्व बजारमा पु¥याउनुपर्ने संघले माग राखेको छ ।
कार्यक्रममा विश्व हिन्दू युवा संघका संयोजक ऋषि केश जंग शाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र गाजाबाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए । उनले भने,‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेली शेर्पा, रमेश कुँवर र बाल क्लबका अध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनुपर्नेमा जोड दिएका थिए ।
संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘ नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनु पर्छ । नेपालका आधा भन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।
विश्व हिन्दू युवा संघको मंसिर १७, १८ र १९ गते बसेको केन्द्रिय समितिले गरेका निर्णयहरु यस प्रकार छन् ः
१) धार्मिक तथा शैक्षिकः
कालापानी लिपुलेखमा सम्पूर्ण ज्ञानको श्रोत वेद र त्यसलाई लिपिवद्व गर्ने वेद व्यास धान निर्माणको लागी पहल कदमी लिने । विश्वको सबै धर्मकको निसानीसहित सम्पूर्ण धार्मिक एकताको प्रतिकका रुपमा स्थानलाई विकास गर्ने
तराईमा मिथिला सभ्यताको संरक्षणको लागि राजाजनक मिथिला सभ्यता विश्व विद्यालय स्थापनाको पहल गरिने ।
गोरक्षनाथ मन्दिर मृगस्थलीकमा ६४ कला युक्त गुरुकुल स्थापना गर्ने ।
नेपालमा रहेको सम्पूर्ण ऐतिहासिक, धर्म, मठमन्दिर, मस्जीट, गुम्बाहरुको संरक्षण सम्र्वधनको पहल गर्ने
देशभर रहेका गुठीहरु बचाउन र जुन उद्देश्यका लागी गुठीहरु स्थापना गरेका थिए त्यही प्रयोजनका लागी गुठीको आम्दनीलाई परिचालन गर्ने वातावरण बनाउने ।
२) आर्थिक निती सम्बन्धमा ः
देशको सबै क्षेत्र, विदेश र विश्व मानवलाई परिवारको रुपमा स्थाति गर्नेगरि आवश्यक विधान निर्माण गरिने ।
देशभित्र र बाहिर समेत संगठन निर्माणका लागी संगठनका सबै तहका साथीहरुलाई आवश्यक अनुसार समन्वय गरि निर्णय गर्नका लागि संगठनका अध्यक्ष ऋषिकेश जंग शाहलाई जिम्मा दिने ।
मात्रृ संस्था विश्व हिन्दू महासंघ स्थापनाका परिकल्पनाकार योगी नरहरिनाथको सोथ अनुसार संगठनलाई विश्वव्यापी विस्तार गर्ने ।
३) राजनितीः
‘वसुदैव कुटुम्वकम’ भाव अनुरुप देशको शासन संचालन गर्दै विश्व शासन व्यवस्था संचालनको वकालत गर्ने र ‘सबै भवन्तु सुखिन सर्वै सन्तु निरामय’ को भाव विश्वभरि प्रचार गर्दै शिव गोरक्षको महत्व संसारलाई बुझाउँदै, नेपाललाई विश्व गुरु राष्ट्रको रुपमा परिचित गराउने ।
नेपालको पहिचान ‘अतिथि देवो भव’ लाई सम्पूर्ण नेपाली माँझ बसझाई विश्वभरि फैलाउने र यसको भाव बुझाउने
विश्व मानव जगतलाई एकै परिवारको रुपमा स्थापित गराई योगको महत्व बुझाउने ।
देशमा जातिय, क्षेत्रीय र धार्मिक सदभावको वातावरण विकास गरि राष्ट्रिय एकता कायम गर्दै नेपाललाई बैदिक सनातन हिन्दू राष्ट्रको रुपमा पुनः स्थापना गर्ने विषयलाई प्राथमिकता दिने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु