-सचिन्द्र श्रेष्ठ(दुबई)
आज नेपाली दुतावास यूएईले अनुरोध गर्दै संयुक्त अरब इमिरेट्स (युएइ) मा विगत केही समयदेखि कोरोना भाइरसको संक्रमण फैलिरहेको हुदा स्वास्थ्य तथा रोकथाम मन्त्रालय (Ministry of Health and Prevention) का अनुसार ९ जनवरी २०२१ मा एकै दिन २,९९८ ओटा नयाँ संक्रमणका केसहरू देखा परेको बताएको छ।
विशेष गरी युरोपेली मुलुकहरूमा देखा परिरहेको कोभिड-१९ को नयाँ प्रकार (New Covid Strain) युएइमा पनि पछिल्लो समयमा देखा परेको युएइका स्वास्थ्य निकायहरूले जनाएका छन्। कोभिड-१९ को यो नयाँ स्वरूप अझ बढी संक्रामक रहेको बताइएको छ।
यस परिपेक्ष्यमा युएइ सरकारले अवलम्बन गरे बमोजिमका स्वास्थ्य प्रोटोकलहरूको पूर्ण परिपालना गरी उच्च सुरक्षा एवं सतर्कता अपनाउनुहुन युएइस्थित सम्पुर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ।
साथै बिज्ञप्तिमा भनिएको छ कोभिड-१९ संक्रमण विरुद्ध यहाँहरूले अपनाउदैँ आउनुभएका निरोधात्मक उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, सामाजिक जमघट, भीडभाड आदिबाट टाढै रहने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, मास्क एवं स्यानिटाइजरको नियमित प्रयोग गर्ने लगायतका कार्यहरू नियमित एवं अझ प्रभावकारी रूपमा पालना गर्नुहुन समेत सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।
युएइ सरकारले कोभिड-१९ विरुद्धको Vaccine सातै इमिरेट्सहरूका तोकिएका स्वास्थ्य केन्द्रहरूमा युएइका नागरिक एवं युएइमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूका लागि नि: शुल्क रूपमा उपलब्ध रहेको जनाएको पनि छ।