हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ०८:०७

    काठमाडौं, पुस २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने बताएका छन् ।

    मन्त्री ढकालले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदरस्वरूप ऐतिहासिक तथ्यको खोजी, संरक्षण र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न उक्त क्षेत्रका लागि विकास समिति गठनको प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिए।

    नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीमा मन्त्री ढकालले यस्तो जानकारी दिएका हुन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रतिष्ठानले सो विचार गोष्ठी आयोजना गरेको हो ।
    उनले पृथ्वीनारायण शाहलाई ‘गर्व गर्न लायक अभिभावक’का रूपमा चर्चा गर्दै राष्ट्र अखण्ड र अक्षुण्ण हुन्छ भन्ने त्यो बेलाको चेतना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

    उनले सहमतिको आधारमा राजतन्त्रको बिदाइ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको सन्दर्भमा नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई नेपाल र नेपालीले सदासर्वदा सम्झिरहने बताए । मन्त्री ढकालले धर्म, संस्कृति र परम्पराको बर्खिलापमा संविधान नरहेको एवं बलजफ्ती धर्म परिवर्तन गर्ने कार्य दण्डनीय भएको स्पष्ट पारे । गोरखापत्र दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु