हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ०९:२७

    काठमाडौं, २७ पुस । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ ।

    बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शााहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेका थिए । उनलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पुस २७ गते अर्थात आजकै दिन गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा भुरे टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

    यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।

    यसवर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाईदै छ । पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारमाथि दबाब बढिरहेको छ । नागरिकस्तरबाट एकता दिवस मनाउन दबाब बढ्दै गए पनि लोकतन्त्रमा विश्वाश गर्ने सरकारले भने जनआकांक्षा सम्बोधन गर्न सकेको छैन ।

    लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि आज विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाइँदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु