चितवन उद्योग संघ महिला उद्यमी मञ्चद्वारा पाल्पाका उद्योगहरुको अवलोकन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २७ गते, सोमबार २०:३९

पाल्पा, २७ पौष/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको बार्षिक कार्ययोजना अनुसार दुईदिने औद्योगिक अध्ययन अवलोकन भ्रमण अन्तर्गत आज पहिलो दिन टोलीले पाल्पाका विभिन्न उद्योगहरुको अवलोकन गरेको छ ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलको नेतृत्वमा भ्रमण टोलीले पाल्पास्थित माथागढी–कसेनी, सराईमा रहेको मिलिजुली होजियारी लघु उद्यमी समूह, बारुदखान–तानसेन पाल्पाको पौड्याल ढाका कपडा उद्योग र घरेलु तथा साना उद्योग कार्यालयको अवलोकन गरेको थियो ।
उद्योगहरुको अवलोकनका क्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलले अन्य जिल्लामा समूहरुले सञ्चालन गरेका उद्योगहरुको अवलोकनले आफूहरुमा उर्जा थपिएको र समूहमा रहेर गरिने उद्योगलाई व्यवस्तित रुपमा सञ्चालन, त्यसको बजारीकरण गर्न सकिने हुँदा समूहहरुले गरेको कामको प्रंशसा गर्नुभयो ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष पार्वती कुँबरको संयोजकत्वमा गएको भ्रमण टोलीमा महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, महिला उद्यमीहरु दक्षिण गैरे न्यौपाने, कविता श्रेष्ठ, सिर्जना सोती, चन्दना कोइराला, राधिका कँडेल, जुनु अधिकारी, सुस्मिता वस्ती, राधा सापकोटा, सुनिता पौडेल रहनु भएको थियो । भ्रमणको अन्य व्यवस्थापन र सहजीकरणको सिलसिलामा संघको तर्फबाट प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट समेत भ्रमण सहभागिता रहनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु