चन्द्रागिरी हिरो अफ द इयरबाट प्रधान सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २८ गते, मंगलवार ०८:३५

काठमाडौं । क्रेटर्स ग्रुपद्वारा आयोजित नेशनल क्रेटर्से अवार्ड कार्यक्रममा चन्द्रागिरी हिरो अफ द इयर अवार्डबाट देवेन्द्र प्रधान सम्मानित भएका छन् । पुर्व प्रधानन्यायाधीश खिलराज रेग्मी
प्रमुख आतिथ्यतामा र चन्द्रागिरी नगरप्रमुख घनश्याम गिरीको अतिथिमा सम्पन्न कार्यक्रममा प्रधानले चन्द्रागिरीमा उत्कृष्ट कार्य गर्दै आएकाले सो अवार्ड प्रदान गरिएको हो । क्रेटर्स ग्रुपले सो कार्यक्रम पहिलो पटक आयोजना गरेको हो ।

चन्द्रागिरी हिल्सको होटलमा आयोजना गरिएका कार्यक्रममा सपना रोका मगर कुलमान घिसिङ ,अनुराधा कोइराला , रमेश खरेल, डा .सन्द्रुक रुइट नेशनल केटर्स अवार्डबाट सम्मानित भएका हुन । चन्द्रागिरी हिरो अफ इयरबाट सम्मानित भएका यातायात विज्ञ , समाजसेवी प्रधानले कार्यक्रममा बोल्दै चन्द्रागिरीको विकास गर्न सधै आफू तत्पर रहने जोखिम मोलेर पनि चन्द्रगिरीलाई अन्य नगरपालिकाको तुलनामा विकासको अग्रपंक्तिमा लैजाने कुरामा सधै आफू लागिरहने बताएका छन् । क्रेटर्स ग्रुपले आयोजना गरेको उक्त कार्यक्रम पहिलो कार्यक्रमको सुरुवात सगै हरेक वर्ष देशका लागि उत्कृष्ट कार्यक्रम गर्ने व्यक्तिको कार्य हेरेर केटर्स अवार्डबाट सम्मानित गर्ने आयोजकले जानकारी दिएको छ ।कार्यक्रम बोल्दै अनुराधा कोइरालाले महिला भन्दा पुरुषमा शिक्षाको विकास गर्न सबैलाई अपिल गर्नुभएको छ । महिलाहरू दिनप्रतिदिन बलात्कारबाट पीडित हुँदै आएकोले महिला भन्दा शिक्षा पुरुषमा विकास गर्नुपर्ने बताएकी छिन , त्यस्तै रमेश खरेल कुलमान घिसिङले इमानदारीपुर्वक सबैले कार्य गर्न अपिल गरेका छन् भने सपना रोका मगरले आफ्नो जीवनको घटनाको बारेमा बोल्दै विश्वको उत्कृष्ट १०० हुनुमा आफुभन्दा महत्त्वपूर्ण योगदान समाजसेवी विनय जंग बस्नेतको रहेको बताएकी छिन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु