पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

अविश्वासको प्रस्ताव आउँछ भनेर प्रधानमन्त्री त्यसरी भाग्नु हुँदैनथ्यो – सांसद प्रकाश पन्थ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २८ गते, मंगलवार ११:२७

काठमाडौं । राष्ट्रियसभाका नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले प्रधानमन्त्रीको कुर्सीमा बसिरहने रहरले ओलीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा अविश्वास प्रस्ताव आउने भएपछि अत्तालिएर प्रतिनिधिसभा भंग गरेको उनको भनाई छ । पन्थले संसदमा अविश्वासको प्रस्ताव सामना गरेको भए प्रधानमन्त्रीको उचाई बढ्ने थियो भने । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरुद्धमा नबोल भनेर कसैलाई धम्क्याउँदैमा र थर्काउँदैमा कोही पनि नथर्किने बताएका छन् ।
उनले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमको जति विरोध गरे पनि नपुग्ने बताए । ‘आफूचाँहि संविधानविरोधी काम गर्ने अनि जनताले अन्धभक्त रुपमा समर्थन गरिदिनुपर्ने भन्ने बुझाई छ प्रधानमन्त्रीको’ उनले भने ‘ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर आफूलाई तानाशाही बन्दै गएको पुष्टि गरेका छन् ।’ हुँदाखाँदाको आफ्नो पक्षमा यति धेरै जनमत र सांसद भएको संसदलाई भंग गरेर फेरि निर्वाचन गर्छु भन्ने प्रधानमन्त्रीको भाषणमा कुनै सत्यता नभएको उनको दाबी छ ।
४ दिनमात्र चलेर राष्ट्रियसभाको बैठक सकिएकोमा पनि उनले आपत्ति जनाए । ‘प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभा झनै बढी क्रियाशील भएर जनताको दैनिक जीविकाको सवालमा आवाज उठाउनुपर्ने हो तर त्यहाँ पनि आवाज राख्न दिइएन’ उनले भने ‘ प्रधानमन्त्री सबै संवैधानिक निकाय कब्जा गर्ने दाउमा अघि बढेका छन्, उनको सुरुदेखिको व्यवहार हेर्दा कुनै दिन यो अवस्था आउला भन्ने लागेको थियो ।’ उनले प्रतिनिधिसभा पुनस्र्थापना नै एकमात्र विकल्प भएको बताए । कांग्रेस निर्वाचनबाट नभागेको भन्दै उनले थपे ‘निर्वाचनमा जाँदा कांग्रेसको मत बढ्छ र हामी जित्छौं, यो प्रष्ट छ तर पनि संविधानविपरीत भएको कामको विरोध हो हाम्रो, संविधान र विधि नै नरहे निर्वाचन गर्छु भन्नुको मात्र अर्थ रहँदैन ।’
उनले सरकारले नभई संविधानले पौष १७ गते राष्ट्रियसभाको बैठक बोलाएको पनि स्पष्ट पारे । ‘सरकार त बैठक बोलाउने पक्षमा थिएन तर संवैधानिक बाध्यता भएकाले मात्र त्यसलाई छल्न बैठक बोलाइएको हो, यदी राष्ट्रियसभाको भूमिका छ भन्ने सोचेको भए सरकारले यति छिटो बैठक अन्त्य गर्ने थिएन’ उनले भने ‘हिजो त्यतिबेला राजाले गरेको चुनावमा पनि एमालेले भाग लिएको थिएन, जसले जहिले निर्वाचन भन्छ त्यसको पछिपछि कुदेर सहभागी हुनुपर्छ भन्ने छैन ।’ उनले जनतालाई पनि सरकारको अलोकतान्त्रिक कदमको विरोधमा सडकमा आउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु