• नगरपलिकालको आन्तिरिक स्राेतबाट शिवराज अस्पतालमा डाक्टर लगायत स्वास्थ्यकर्मीकाे दरबन्दी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार २२:०३

    कपिलवस्तु , पाैष २८ । सामाजिक विकास मन्त्रालयलबाट दरबन्दी माग गरेपनि आवश्यक जनशक्ति नपठाएरपछि कृष्णनगर नगरपलिकाले आन्तिरिक स्राेतबाट शिवराज अस्पतालमा डाक्टर लगायत स्वास्थ्यकर्मीकाे दरबन्दी थपेकाे छ। समाजिक बिकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक जानकारी गराएपनि दरबन्दी नपठाएपछि सर्वसाधारणकाे समस्यालाई मध्यनजर नगरपलिकाद्वारा बहादुरगंज अवस्थित शिवराज अस्पतालमा जनशक्ति भर्ना शुरु गरिएकाे छ। नगरपालिका श्राेतबाट नवनियुक्त डा. मुकेश कुमार चाैधरी लाई आज कर्मचारी र अस्पताल व्यवस्थापनमा सहयाेग गर्दै आएका निर्भय सिंह,बादल सिंह लगायतले स्वागत गरेका छन ।

    त्यस्तै कृष्णनगर नगरपालिकाले अस्पतालमा अ.ब.०७६/७७ मा अप्रेसन भवनका लागि ५० लाख विनियोजित गरि निर्माण शुरु भइसकेका जानकारी गराउंदै केही दिन मै आवश्यक जनशक्ति पुर्ति गर्न नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । केही राजनीतिक तत्वहरु अस्पताललाई बदनाम गराउन मात्र खाजेकाले क्षणिक समयका लागि समस्या हुन सक्छ तर नगरपालिकाले सुलभ र सुरक्षित सेवा प्रदान गराउन कटिबद्ध रहेका नगरप्रमुख शाहकाे भनाई छ। अहिले शिवराज अस्पतालमा १५ सैयाकाे थप भवन निर्माण हुने बाेलपत्र भैसकेकाे छ।

    कपिलवस्तु टाइम्स डट कम

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु