• विश्वभरका संगठनलाई जोड्ने ग्लोबल शिक्षा कोषको परिकल्पना गर्दै -तामाङ समाज उत्तर अमेरिका

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७७, बुधबार ०९:०५

    काठमाडौं ।समाज सेवामा समर्पित तामाङ समाज उत्तर अमेरिका (तामांग सोसाइटी अफ नर्थ अमेरिका टिएसएनए,इन्क) को बार्षिक उत्सवको पावन अवशरमा शुभकामना आदन प्रदान सहित शुरु भएको बैठकमा एक आपसमा शुभकामना आदन प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गर्दै विशेष निर्णयहरु गरेको छ ।


    यस संस्था तामाङ समाज उत्तर अमेरिकाको विधिवत स्थापना जनवरी १० मा भएको हुदा संस्था स्थापना दिवसको पावन अवशरमा यस संस्थालाई यहॉ सम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव लगायत विश्वभरका समस्त महानुभावहरुमा यसै विज्ञप्ति मार्फत हार्दिक शुभकामना व्यक्त गर्दछौ ।साथै कार्यसमितिको मिति जनवरी १०,२०२१ आईतबार जुम मार्फत अध्यक्ष लक्यान लामाको अध्यक्षतामा बसेको पुर्ण बैठकले संस्था स्थापना दिवसको शुभकामना आदन प्रदान गर्ने निर्णय लगायत विश्वभरका संगठनलाई जोड्ने ग्लोबल शिक्षा कोषको परिकल्पना गरिएको छ ।यसै सन्दर्भमा महाधिवेशनको मिति र तयारी समितिहरुको विषयमा सल्लाहकार समिति र सदस्य संस्थाका अध्यक्षहरुको बीचमा वृहत बैठकद्वारा निर्णय गरिने गरि महत्वपूर्ण निर्णय गरिएको जानकारी आम समुदायको बीचमा यसै विज्ञप्ति मार्फत संस्थाका महासचिव डोल्मा लामाले बताएकी छिन्।

    हेर्नुस् प्रेश विज्ञप्ति

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु