गोरखा ।साधना लघुबित्त बित्तीय संस्था लि. चौथो बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७६÷०७७ को नाफाबाट १८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी ०.९४७३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब सर्बसम्बत पारित गरेको छ ।
बित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष श्री कृष्ण बहादुर थापाको अध्यक्षतामा होटल गोरखा बिसौनीमा सम्पन्न भएको उक्त साधारण सभाले सर्बसाधरण समुहबाट श्री पुष्पा कुमारी घिमिरे तथा श्री दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्बाचीत गर्नुका साथै आर्थिक बर्ष २०७७÷०७८ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक श्री एस.डि एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताब समेत पारित गरेको छ साथै साधारण सभाले मर्जर÷प्राप्तीको लागि संचालक समितिलाई अख्तियारी दिएको छ ।
बार्षिक साधारण सभालाई सम्बोध गनुहुदै बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण बित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिनको लागी पर्ने बताउनुभयो । हाल बित्तीय संस्थाको ७० बटा शाखा कार्यालयहरुमार्फत करिब ६०,००० घरपरिवारलाई प्रत्यक्ष बित्तीय सेबा प्रबाह गरिरहेको छ ।