मिस डिवाइन ब्युटी नेपाल र मिसेस गोकर्णश्वर पेजेन्ट नेपालको ग्रान्ड फिनाले सम्पन्नहेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)
  • औद्योगिक अध्ययन अवलोकन भ्रमण सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०६:५५

    भरतपुर। चितवन उद्योग संघ महिला उद्यमी मञ्चको बार्षिक कार्ययोजना अनुसार दुईदिने औद्योगिक अध्ययन अवलोकन भ्रमणको सकिएको छ । दोश्रो दिन टोलीले पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको भैरब मन्दिर, राष्ट्रिय धरोहरको रुपमा रहेको पा्ल्पाकै रानीमहलको अवलोकनसँगै स्याङजाको पहाडी बाटो हुँदै पोखराको अवलोकन गरेको थियो ।

    अवलोकनका क्रममा पाल्पाको रानीमहल हुँदै स्याङजाको पहाडी बाटोको यात्रा र त्यहाँको दृश्यले अवलोकनलाई निकै स्मरणीय र उपलब्धीमूलक बनाएको चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेलले बताउनुभयो । अवलोकनका क्रममा केही समय बाटो र सवारी साधनको तालमेल मिल्न नसक्दा अवलोकनकर्ताहरुले करीब २ किलोमिटर पैदल यात्रा गर्नुपरेको थियो ।

    चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष पार्वती कुँबरको संयोजकत्वमा गएको भ्रमण टोलीमा महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, महिला उद्यमीहरु दक्षिण गैरे न्यौपाने, कविता श्रेष्ठ, सिर्जना सोती, चन्दना कोइराला, राधिका कँडेल, जुनु अधिकारी, सुस्मिता वस्ती, राधा सापकोटा, सुनिता पौडेल रहनु भएको थियो । भ्रमणको अन्य व्यवस्थापन र सहजीकरणको सिलसिलामा संघको तर्फबाट प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट समेत भ्रमण सहभागिता रहनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु