हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • ” माघे संक्रान्ति र हाम्रो संस्कृति “

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १४:४७

    हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण देश हो। यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडहरु छन् । हाम्रो देश सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमूना देशको रुपमा चिनिन्छ।

    हाम्रो देशमा विभिन्न चाडपर्वहरु मनाइन्छ । जस्तै दशै, तिहार, छठ, तिज, जनैपूणिर्मा, लोसार आदि अन्य धेरै छन् । सबै किसिमका चाडपर्वका आ-आफ्नै विशेषता र महत्त्व छन्।
    सबै किसिमका चाडपर्वमा भिन्ना भिन्नै खानपानको लागि विशेष मानिन्छ । दशैमा मासु , तिहारमा सेल भने शुक्ल प्रतिपदाको दिन माघ १ गते – माघे सक्रान्ति, तिलुवा, खिचडी, चाकु, बटुक, तरुल आदि खाने चलन छ । माघे संक्रान्तिलाई माघी पर्व, मकर संक्रान्ति आदि नामले पनि चिनिन्छ । वसन्त ऋतुको आगमनसँगै घ्यू-चाकु खाँदै, नदिमा माघि नुहाँउदै, कौरा नाँच्दै, रमाइलो गर्दै माघी वा माघे संक्रान्ति मनाउने चलन छ । अनि साना साना बालबालिकालाई मामा घर जान पनि यो दिन विशेष मौका मिल्ने गर्छ । सरकारले पनि यसलाई राष्ट्रिय चाडको रुपमा मान्यता दिदै सार्वजनिक छुट्टी दिने गरेको छ ।

    यसरी हाम्रो देशमा विभिन्न चाडपर्वमा प्रायः कुनै न कुनै किसिमले सबै खाने कुरा खाने चलन बनाइएको छ । जसले गर्दा खानाबाट प्राप्त पौष्टिक तत्वबाट कोहि पनि बन्चित हुन परेको छैन । यहि खानामा संतुलन मिलेर नै होला हामी नेपाली निरोगी छौ । यो कुरा अहिलेको कोरोना भाइरस ( कोभिड- १९ ) ले पनि पुष्टि गरिसकेको छ । अन्य देशको तुलनामा हाम्रो देशमा अत्यन्तै न्यून क्षति भयो । यसरी हेर्दा हाम्रो देश जति नै गरिब वा अन्य कुराले पछाडी देखिएता पनि साँस्कृतिक रुपले धनी छौँ । यो नै सबैभन्दा ठूलो सम्पत्ति हो । हामी सबैजना मिलि हाम्रो धर्म, संस्कृती, रितिरिवाज बचाऊँ र आफ्नो देशको साँस्कृती पहिचान कायम राखौं ।
    लेखक (प्रल्हाद दाहाल): शिक्षा, कृषि ,सहकारीको विषयमा लेख्नुहुन्छ । हाल वहाँ नेपाल डेरी एसोसिएसनको केन्द्रिय महासचिव हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु