पाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवातहेर्नुस् आज २०७७ फागुन २३ गते,आइतवार को राशिफलकवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिकरिपोर्टर्स क्लबमा धर्मेन्द्र बास्तोला, भन्छन्–मुख्य÷मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्छ ‘हामीसँग हतियार छैन्, हामीले हतियारको कुरा गरेको होईन्’हेर्नुस् आज २०७७ साल फागुन २२ गते,शनिवारको राशिफल

टिम रावत र साइपाल फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १७:४४

काठमाडौं, माघ २ गते ।
टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१–१६ ले पराजित ग¥यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२–११ को झीनो अन्तरले हरायो ।
गल्र्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८–६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासंग खेल्ने छ ।
प्रतियोगिता शनिबार सम्पन्न हुने छ । प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु