फेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुटप्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नेफिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजीसागका पदक विजेता सम्मानितरेगन फाइनलमाएन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिकटोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन(हेर्नुस् भिडियो )शुक्रबार देखि देशभरका सिनेमा घरमा चलचित्र ´गोर्खे` प्रदर्शन हुँदैहेर्नुहोस आज २०७७ साल फागुन २० गते, बिहीवारको राशिफल

कोभिड–१९ बाट प्रभावित महिला तथा विपन्न समुदायलाई राहत वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १८:५४

रौतहट । रौतहटको राजपुर नगरपालिकामा वृहत राहत सामग्री वितरण गरिएको छ । कोरोना भाइरस(कोभिड(१९)बाट प्रभावित महिला तथा विपन्न समुदायहरुको लागि सहयोगार्थ वृहत राहत सामग्री उपलब्ध गराइएको हो ।

रौतहटको राजपुर नगरपालिका वडा नं. ४ र वडा नं. ५ मा रहेको कोरोना भाइरस (कोभिड(१९) बाट प्रभावित महिला तथा विपन्न समुदायका २४३ जनालाई सो राहत सामग्री वितरण गरिएको मान्डवी संस्थाका कार्यकारी निर्देशक अंजु झाले बताईन् ।

कोरोना भाइरसका कारण उतपन्न परिस्थितिमा समस्या परेका घर परिवारहरुलाई आज राहत स्वरुप सहयोग गरिएको मान्डवी संस्थाका कार्यकारी निर्देशक झाले रौतहट एक्सप्रेस अनलाइनलाई बताए ।

उनले भने राहत समाग्री पायका सबै जनालाई आर्थिक रुपले उन्नत्ती तथा प्रगतीको लागि यस संस्था मार्फत विभन्न शिपमुलक तालिम दिईने बताए ।

युएन वुमनको सहयोग र मान्डवी संस्थाकको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाको राजपुर नगरपालिकामा रहेको श्री जनता प्रथमिक विधालयमा सो राहत सामाग्री वितरण गरेको मान्डवी संस्थाका प्रोग्राम कोडिनेटर संजय सहनीले रौतहट एक्सप्रेस अनलाइनलाई बताए ।

राहत सामाग्रीमा चामल ३० केजी, दाल ३ केजी, खाने तेल २ केजी, चना १ केजी, नुन १ केजी, चिनी १ केजी, एल.पि.जी. ग्यास चुल्हो १ पिस, ग्यास सिलिण्डर १ पिस, स्वाच्छताका सामाग्रीहरु नुहाउने साबुन ६ पिस र सर्फ १ केजी वितरण गरिएका मान्डवी संस्थाका प्रोग्राम कोडिनेटर सहनीले रौतहट एक्सप्रेस अनलाइनलाई बताए ।

रौतहटका प्रमुख जिल्ला अधिकार ईन्द्रदेव यादव , राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल, राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर, विभिन्न मिडियाका पत्रकारहरु रोहवरमा सो राहत सामग्री वितरण गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु