आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमारसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश, सभापति देउवाद्धारा स्वागतफेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुटप्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नेफिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजीसागका पदक विजेता सम्मानितरेगन फाइनलमाएन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिकटोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन(हेर्नुस् भिडियो )

चुरोटको धुवाँ संगै सकिएको जवानि”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १७:५१

~~ कविता ~~
“चुरोटको धुवाँ संगै सकिएको जवानि” —

“धूम्रपान स्वास्थका लागि हानिकारक छ”
पढ्छ खिस्स हाँस्छ
अरुलाई पनि सुनाउँछ उस्ले
मानौं उपहास गर्दैछ शब्दको
अनि सल्काउँछ चुरोट तन्तनि
हरेक सर्कोको धुवाँ संगै
उडाउँछ बुङ्गबुङ खरानि ।
छोटिदैछ आफ्नो जिवनको आयु
छोटिदैछ चुरोटको लम्बाई
अनि फेरिदैछ जिवनको कहानी।

सुरा र सुन्दरिको छेउमा
भर्खर जुंगाको रेखी बस्दै गरेको ओठले च्याप्दै
हातले समाउँदै
औंलाले मुसार्दै
फुसफुस धुवाँको फोका उडाउँथ्यो र
आफ्नो शान झार्थ्यो ।

बारिको कुना
घरको कर्सा
स्कुलको ट्याईलेट र
गाउँको गल्लिमा फुक्थ्यो धुवाँ
अनि गर्व गर्थ्यो आफुलाई ।

शिक्षकको आँखा छलेकोमा महान सोच्थ्यो आफैलाई
बाबुको नजरबाट बचेकोमा बहादुर सम्झिन्थ्यो उस्ले
आमाको ममतालाई छक्याएकोमा चलाख मान्थ्यो उ।
साथिसंगिको भिडमा धुँवा उडाएकोमा गर्व गर्थ्यो आफुलाई।

तर दिन फेरियो
संधै एकनास कहाँ हुन्छ र साथी।

सौखका लागि पिउँदै गर्दा
आज उ सौखिन भयो।
नियमित प्रक्रियाले
रहर नशामा परिणत बन्यो।
रंगिन जीवन बिरंगी भयो
स्वस्थ शरिरमा खिया लाग्यो
टिबि, क्यान्सर, खोकी
के-के हो के-के रोगको नाम पनि
थलिदै र गलिदै जाँदा थाहा भयो।

हिजो आज एक टङ्कार खोक्दैछ उस्ले
अनुहार निलो र मलिन भएको छ उस्को।
श्रीमती रुँदैछिन एकातिर
छोराछोरी न्याउरिएका छन् अर्कातिर ।
मैले खल्तिबाट चुरोटको बट्टा निकालेर सोधेँ
के लेखिएको छ भाई यहाँ ?
बोल्न सकेन उस्ले आँसु मात्रै झारिरह्यो
लाग्दै थियो
ग्लानी बोध गर्दै थियो
धिकार्दै थियो आफुलाई
अनायासै
साश बढ्दै गयो
उस्को प्राण पखेरु उढ्दै गर्दा मैले पढेर सुनाई दिए
“धूम्रपान स्वास्थका लागि हानिकारक छ”– ।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी, नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु