फेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुटप्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नेफिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजीसागका पदक विजेता सम्मानितरेगन फाइनलमाएन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिकटोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन(हेर्नुस् भिडियो )शुक्रबार देखि देशभरका सिनेमा घरमा चलचित्र ´गोर्खे` प्रदर्शन हुँदैहेर्नुहोस आज २०७७ साल फागुन २० गते, बिहीवारको राशिफल

गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ माघ २०७७, आईतवार ०९:३६

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको छ । प्रज्योल राज शाक्यको निर्देशन रहेको गीतको अन्जु सुनार तथा सन्दिप सुवेदी फिचरिङ गरिएको छ । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।
फरक शैलीका गीत मार्फत डा. उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राखि सकेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेकाे गीतकार उपाध्यायले बताए ।
त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरूरहेका छन् उहाँका । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ आउने तयारीमा रहेको छ ।
भिडियो हेर्नुहाेस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु