दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ ५ गते, सोमबार १९:२०

काठमाडौं, माघ ५ गते ।
विभिन्न ६ संस्थाको आयोजनामा हुन लागेको नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिताको मुख्य तीन विधा ‘मोस्ट पपुलर प्लेयर’ तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीको पुरस्कार ३ जना तेक्वान्दोकर्मीले प्रायोजन गर्ने भएका छन् ।
युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा चयन गरिने ‘मोस्ट पपुलर प्लेयर’ को पुरस्कार राशी १ सय ५० अमेरिकी डलर युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङले प्रायोजन गर्ने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्व तेक्वान्दो खलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लालगढ निवासी पूर्व तेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् । दुवै विधाको पुरस्कार राशी जनही १ सय अमेरिकी डलर रहेको छ ।
आयोजकले प्रतियोगितामा आर्थिक सहयोग गर्ने विभिन्न देशी विदेशी सहयोगीहरुको नाम पनि सार्वजनिक गरेको छ । आयोजकका अनुसार प्रेमकुमार दर्नाल (साउदी अरब) ले ६ हजार, राष्ट्र राई (युके) ले १५ हजार, घनश्याम गुरुङ (साउदी अरब) ले ५ हजार, गणेश गुरुङ (हङकङ) ले १० हजार, सुशिलकुमार श्रेष्ठ (जापान) ले ५ हजार, मकाउ तेक्वान्दो टिमले २० हजार, राकेश केसी (मकाउ) ले २५ हजार, अभय श्रेष्ठ (युएई) ले ५ हजार र पञ्च राना मगर (जापान) ले १० हजार उपलब्ध गराएका छन् ।
त्यस्तै देउकाजी गुरुङ (हङकङ) ले ५ हजार, कुँवेर सापकोटा (नेपाल) ले १० हजार, रविन्द्र खड्गी (नेपाल) ले १० हजार, कुमार कार्की (अमेरिका) ले १० हजार, धीरज गुरुङ (युके) ले १५ हजार, विशाल खड्गी (अस्ट्रेलिया) ले १० हजार र नवराज पुडासैनी (नेपाल) ले १० हजार सहयोग गरेका छन् ।
अन्य सहयोगीहरु थपिदै गए पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिता कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा माघ १३ र १४ गते हुँदै छ । पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुने छ । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न २९ राष्ट्रका १ हजार ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु