बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह पौष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ माघ २०७७, सोमबार २२:५९

०५ माघ, बाह्रबिसे (सिन्धुपाल्चोक) । ईलाका प्रहरी कार्यालय, बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह पौष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा भएका हुन ।

बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्य सम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी गरेकाे हाे।

महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ मा उल्लेखीत व्यवस्था अनुसार पौष महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा” गरीएको छ ।

प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह सहित पौष महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रहरी निरीक्षक शाहले सिन्धुपाल्चोक बाह्रबिसे क्षेत्रमा बिशेषःकामकाे उच्चसंम्मान बाह्रबिसे नगरवासीद्वारा मुक्तकण्ठले प्रसंशा गरेका छन्। नक्कली सुन तस्करमा सुन्यता, नक्कली डलर देखाएर ठगि धन्दा गर्नेमा सुन्यता, जुवा-तास र गुण्डा गर्दीमा जस्ता अपराधिक गतिविधिमा सुन्यता ल्याउनु आफैमा चुनैतिकाे सामनासँग जुधेर पौष महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा” बाट संम्मान पाएका हुन्।

प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी” घोषित भए भने अन्य १३ जना आ-आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।

विभिन्न मितिमा घटना घटाई फरार रहेका १६ जना अभियुक्तलाई पौष महिनामा पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय माथिबाट आएको पहिरो स्थानीय निकाय,स्थानीय ब्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई पहिरो प्रभावित एरियामा रिटेन्सनवाल र कार्यालयको कम्पाउण्डमा मेशिनरीवाल निर्माण कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेका थिए।
उहाँले गरेका कार्यहरुको उचित मुल्यांकन गर्दै प्रहरी प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह लाई प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनौट समितिले निजलाई “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरीएको हो” ।

उहाँलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रवक्ता मीरा चौधरीले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु