समाजलाई सेवा गर्नको लागि आफु कहिलै पनि पछाडि नपर्ने – समाजसेवी झा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ ५ गते, सोमबार २३:०५

मो.मोजिबुल्लाह

राैतहट माघ ५ । नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ अन्जु झाले आफुले गरेको कार्यबाट केहि जनप्रतिनिधिहरु हतोसाहति भएर जनतामा भ्रम फैलाउन उद्धत रहेको बताएकी छिन् ।
समाजमा पछाडि पारिएको र आर्थिक रुपमा कमजोर भएका अति गरिव विपन्न नागरिकहरुलाई आफुले गर्दै आएको सहयोग देखेर केहि जनप्रतिनिधिहरुलाई अपच भएको झाले बताईन् ।
रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मीनयामा आज आयोजित न्यानो राहत वितरण गरेकी हुन।

देशमा बेला बखत आइरहने हरेक किसिमको आपत विपदमा परेका नागरिकहरुलाई आफुले खाद्यान्न सामग्रिह देखी लिएर विभिन्न किसिमका सामग्रि र नगद समेत सहयोग गर्दै आएको उनले बताइन् ।
अति गरिव तथा विपन्न परिवारलाई यति सहयोग गर्दा गर्दै पनि समाजको लागि केहि पनि गर्न नसक्ने केहि तत्वहरुले आफना बारेमा जनतालाई गलत भ्रम फैलाउँदै हिडेको नेतृ झाले बताइन ।
आफुले समाजको लागि पुर्याएको योगदानबाट हतोसाहित भएर जनप्रतिनिधिहरु आफुलाई बदनाम गराउन जनतामा भ्रम फैलाउने कार्यमा लागेको उनले बताइन् ।
समाजको लागि आफुले केहि पनि गर्न नसक्ने जनप्रतिनिधि तथा केहि प्रतिक्रियावादी तत्वले आफना बारेमा जनतालाई गलत भ्रम फैलाइरहेको उनले बताइन ।

इशनाथ नगरवासीको लागि राहत अथवा कुनै पनि किसिमको सहयोग गर्न खोज्दा यहाँका जनप्रतिनिधिहरु हस्तक्षेप गर्ने गरेको उनले दु:खो गरेकी हुन् ।

आफुले समाज र समाज परिवर्तनका लागि केहि गर्न चाहेको भएपनि समाज परिवर्तन भएको हेर्न नचाहने केहि तत्वहरु आफना काममा हस्तक्षेप गर्ने काम गरेको उनले बताइन ।
आफना काममा जसले जति हस्तक्षेप गरे पनि आफुलाई कुनै फरक नपर्ने र समाजलाई सेवा गर्नको लागि आफु कहिलै पनि पछाडि नपर्ने समाजसेवी झाले बताएकी हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु