“कविता”–
के हाँस्लिन मेरि उनी म बाकसमा फर्किए भने –
खुशी हुन्छन घर परिवार म श्वासमा फर्किए भने।
नाच्छिन होलि मेरि उनि म सुवासमा फर्किए भने।
मनमनै सोच्छु एकपटक ,
कठै म बाकसमा फर्किदा के गर्लान मेरा साना बच्चाहरु ?
धनको साटो बाउको इन्स्योरेन्स पो पायो भने।
सोच्दैमा भावुक हुन्छु,
कति रोलान मेरा लालाबालाहरु बाउ बिना टुहुरा हुँदा।
के हाँस्लिन र मेरि उनि म बाकसमा फर्किए भने।
कति आशा थिए होलान मेरा बाल-बच्चाहरुको।
कति मुर्छित होलान ती सजाएर बाकस ल्याए भने ।
मन थाम्न सक्लिन होलि प्रियाले तर बच्चाहरु के गर्लान ?
हाँसोको साश खोज्दा गुनासोको लाश आयो भने ।।
रामचन्द्र तिम्सिना
(आवाज)