दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

बन्छ यो देश सुन्दर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ माघ २०७७, बुधबार २०:०५

बन्छ यो देश सुन्दर

मान्छे हो प्राणीमा उच्च आफ्नै सोच विचारको
के गर्छ मानिसै आफू अस्त व्यस्त असारको
हो गर्नु पर्छ है काम के गर्दा हुन्छ त्यो बुझ
यो देश बन्छ सम्बृद्ध परिश्रम गरे अझ

कहा टेकेर उभिन्छौ के मा लडि बुडि गरेउ
केले जीवन धानेर पोषिलो वनि हुर्किएउ
बुझ्नु पर्छ सबै मर्म प्रकृति अनि प्राणको
माटो मै जुट्छ सामग्री गास बास कपासको

माटो मै पहिलो स्पर्स जन्मदा यही धर्तिको
धुलोमा खेल खेल्दाको माटोको बासना निको
सुम्सुम्याउँ यही माटो संञ्जिवनी फलाउछ
सम्मृद्ध आफूमा हैन हामीलाई बनाउँछ

खनि खोश्रि गरी माटो आफ्नै देश बनाउने
सबै लाग्नु पर्यो आजै पाखा फाँट सजाउने
हातको शीप रोपेर फलाउँ शुखको फल
महाकाली र कर्णाली वगेकै छन सधै तल

छेकेर जलको धारा कोसी गण्डकीको पनि
शक्ति सिर्जनमा लागौ सिञ्चिन्छौँ फाँट यो भनि
विजुली बत्तिको ताज डाडा पर्वतको कुना
झरिलो बन्छ यो देश माटोकै गर बन्दना

आफै बन्दछ यो देश अरुको के कुरा गरौ
आफ्नै पौरखको बिउ खेत बारी भरी छरौँ
माटो संजिवनी दिन्छ के ले विगार्न सक्छर
एक भै काम गर्दा नै बन्छ यो देश सुन्दर

बाबाधामको कोसेली ६ माघ २०७७
शिव अधिकारी (बाबाधाम कोटेश्वर)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु