पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

नेपाल डेरी एसोसिएसनको २२औं वार्षिकोत्सवका अवसरमा देशैभर विविध कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ ७ गते, बुधबार २०:१९

काठमाडौं, ०७ माघ-नेपाल डेरी एसोसिएसनले आफ्नो २२औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सो अवसरमा देशका विभिन्न जिल्लामा कार्यक्रम गरिएको छ भने एसोसियशन केन्द्रीय समितिले ललितपुरको महालक्ष्मीस्थानमा कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । कार्यक्रम ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उदघाटन गर्दै उपमेयर सत्यालले आफु सदैव स्वदेशी डेरी उद्योगको प्रबर्द्धन र संरक्षणको पक्ष रहने बताईन ।

“सहजतामा मात्र होइन अफ्ठ्यारोमा पनि साथ, निजी डेरीहरु सदैव आफ्ना उपभोक्ताको माझ“ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

प्रदेश न. १ मा केन्द्रीय उपाध्यक्ष राजन चिमरिया, सदस्य डम्मर कुमारि गौतम, प्रदेश संयोजक हेमचन्द्र खनालका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको केक काटेर हाल दुग्ध व्यवसायमा भइरहेको समस्याका उपायहरुको बिषयमा छलफल गरेर मनाइएको छ भने प्रदेश २ मा एसोसिएशनका केन्द्रीय सचिव बिजय प्रसाद चौरसिया, प्रदेश संयोजक राघौ सिंका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा कोअप्रेटिभ इङ्लिश बोर्डिङ स्कुल गौरका विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरेर मनाइएको छ ।

त्यस्तै नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेश्मा केन्द्रीय उपाध्यक्ष द्वय रेशमराज पन्थी, ज्ञानेन्द्र बजगाई, सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, सदस्य रामचन्द्र बराल, प्रदेश संयोजक शिवहरि आचार्यका साथै डेरी उद्योगीहरुको सहभागितामा मानव सेवा आश्रम पोखरामा दुध तथा दुग्ध पदार्थ वितरण गरेर स्थापना दिवस मनाईएको महासचिव दाहालले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, सदस्य रामकृष्ण पौडेल, शिव भुषाल, प्रदेश संयोजक कृष्ण भट्टराईका साथै डेरी उद्योगीहरुको सहभागितामा २२औं स्थापना दिवसको उपलक्ष्यमा दुग्ध उद्योगी व्यवसायी भेला भई दुग्ध क्षेत्रमा भएका समस्याको विषयमा छलफल सहित चियापन कार्यक्रम गरि मनाइएको छ ।

कर्णाली प्रदेशमा प्रदेश संयोजक प्रेम बहादुर डि.सिका साथै डेरी उद्योगीहरुको सहभागितामा जनप्रिय पोलिक्लिनिक, सहज पोलिक्लिनिक र बागचौर पोलिक्लिनिक बागचौर न. पा. २ सल्यानमा रहेका १२ जना बिरामिहरूलाई निशुल्क दूध तथा दुग्ध पदार्थ वितरण गरि २२औं स्थापना दिवस मनाईएको छ ।

सदूरपश्चिम प्रदेशमा केन्द्रीय उपाध्यक्ष कर्ण बहादुर हमाल, सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्त, प्रदेश संयोजक भुपेन्द्र थापाको संयोजकत्वमा डेरी उद्योगीहरुको सहभागितामा दृष्टि फाउन्डेसन नेपाल, धनगढिमा दुध तथा दुग्ध पदार्थ वितरण गरिएको छ ।

त्यस्तै तुलसीपुर दाङमा केन्द्रीय सह सचिव रेशम बहादुर खड्काको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २२औं स्थापना दिवसको केक काटेर मनाईयो भने पाल्पा जिल्लामा केन्द्रीय सदस्य टिकाराम खरालको नेतृत्वमा उद्योगीहरुलाई सहभागी गराई २२औं स्थापना दिवसको उपलक्ष्यमा हाल कृषिमा वैदेशीक लगानी आउँदा विषेश गरि दुग्ध क्षेत्रमा पर्ने समस्याको बारेमा अन्तर्कृया गरि मनाईएको महासचिव दाहालले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु