ससुराली जाने हो` बोलको गित सार्वजनिकTalk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभाव
  • प्रतिनिधिसभा विघटनविरुद्ध रौतहट लगायत देशभरि छ हजार सात सय ४३ वडामा कांग्रेसको विरोध प्रदर्शन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार २१:३५

    माघ ८ रौतहट ।।रौतहटको ईशनाथ नगरपालिका लगायत नेपाली कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले चरणवद्ध विरोध प्रदर्शन र सभाको आयोजना गर्दै आएको छ । पुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमत भएर अघि बढेकाे छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा आजको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु