• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    कृषिमा वैदेशिक लगानी विरुद्ध संघर्ष समितिको घोषणा”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० माघ २०७७, शनिबार २१:५४

    काठमाडौं ।उद्योग व्यवसायसँग आवद्ध विभिन्न संघसंस्थाले कृषिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुल्ला गर्ने सरकारको निर्णय विरुद्ध संघर्ष समिति घोषणा गरेका छन् । चितवनको रत्ननगरमा आयोजना गरिएको एक कार्यक्रममा उपस्थित १५ वटा सरोकारवाला संघसंस्थाहरुको किसान तथा उमीहरुलाई समेटेर संघर्ष समिति घोषणा गरिएको हो।

    नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसिको संयोजकमा बनेको समितिमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका महासचिव रिता वस्ताकोटी सह–संयोजक, नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल महासचिव, केन्दीय पशुपंक्षी पालन सहकारी संघका बाबुराम अधिकारी कोषध्यक्ष रहेका छन् भने अन्य १३ जना सदस्य रहेका छन् ।

    नेपाल कृषिका केहि क्षेत्रमा आत्मनिर्भर हुँदाहुँदै सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सो ऐनको अनुसूची संशोधन गरी कृषिका सम्पूर्ण क्षेत्रमा एफडीआई खुल्ला गर्ने निर्णयप्रति किसान संद्दसंगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    उनीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गरिदा यस पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र नेपालका प्राकृतिक स्रोध–साधन तथा बजार त्यस्ता कम्पनीहरुको नियन्त्रणमा पुग्ने, क्रमशः यहाँका किसानहरुले विदेशी कम्पनीहरुको इशारामा चल्न विवश हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    साथै यसरी कृषिमा वैदेशिक लगानी खुल्ला गरिदा एकातर्फ नीजि तथा सरकारी क्षेत्रको अर्वौ लगानी जोखिममा पर्ने सम्भावना हुने जनाइएको छ। सो संशोधनलाई अबिलम्ब फिर्ता लिन र कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा विदेशी लगानी निषेध गर्न किसान संघसंगठनहरुले माग गर्दै आएका छन् ।

    करीव ३५ लाख भन्दा बढि कृषक तथा श्रमिकहरुमा रोजगारी श्रृर्जना भइरहेको कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउदा ठूलो जनसंख्याको आर्यश्रोत गुम्ने खतरा भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

    एक्वेवद्धता जाहेर गर्ने संघ संस्थाहरु
    नेपाल अण्डा उत्पादक संघ
    राष्ट्रिय कृषक समूह महासंघ
    नेपाल डेरी एशोसिएसन
    केन्दीय पशुपंक्षी पालन सहकारी संघ लि.
    डेरी उद्योग संघ
    कृषि विउ तथा तरकारी समूह नेपाल
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ
    बाख्रा व्यवसायी महासंघ
    जिल्ला आई.पि.एम. कृषक संघ, चितवन
    नेपाल डेरी एसोसिएसन नि.अध्यक्ष
    डेरी उद्योग संघ, उपाध्यक्ष
    मौरी पालक महासंघ
    नेपाल मत्स्य व्यवसायी संघ
    नेपाल कुखुरा पालक किसान संघ
    चितवन केरा उत्पादक संघ
    राष्ट्रिय कृषक समूह महासंघ
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, सचिव

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु