काठमाडौ– वाई. एस. के. ग्रुपको प्रस्तुतिमा रेबन चस्मा सार्वजनिक भए संगै सामाजिक सञ्जालमा चर्चाको बिषय नै बनेको छ । रेबन चस्मा सार्वजनिक हुनु पुर्व नै सामाजिक सञ्जालमा अत्याधिक चर्चामा रहेको थियो । शुक्रवार काठमाडौ स्थित प्याराडाईज बन्क्युटमा एक बिशेष कार्यक्रमका साथ सार्वजनिक गरिएको उक्त गितले तामाङ गितसंगीतको बजारमा मात्र नभएर सिङ्गो नेपाली गित संगीतको बजारमा निकै नै चर्चाको बिषय बनेको छ ।
नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गाएक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख अतिथि तथा बरिष्ठ गायक रोज मोक्तानको विशेष आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलको अध्यक्षता डम्फु मिडियाका सञ्चालक एवं नायक तथा निर्देक अमिर दोङले गरेका थिए भने स्वागत मन्तव्य वाई. एस. के. ग्रुपकै याङ्साङ थिङ्ले राखेका थिए ।
कार्यक्रममा उक्त कार्यक्रमका प्रेस संयोजक सारा खबरका सम्पादक मिलन लामा दोङले निक्कै नै हांस्यस्पद तरिकाले उक्त म्युजिक भिडियोको शु्टिङ्को घटनाक्रमहरु सुनएका थिए । शुटिङको क्रममा पत्रकारको आंखाले देखेका ति दृश्य सुनाए संगै रेबन चस्माको बर्णन रं लामाको प्रस्तुतिमा हल भरि भरिभराउ दर्शक श्रोता, अतिथी लगायत पत्रकारहरुले समेत हांसो रोक्न सकेनन् ।
यसै क्रममा मिशन समृद्ध नेपालका अध्यक्ष सुदिन दोङले वाई. एस. के. ग्रुपको सिङ्गो टिमलाई नै सफलताको शुभकामन संगै गित सार्वजनिक भएको दिन तामाङ समुदायको गितसंगीतको बजारमा एउटा अविष्मरणिय दिन बनेको बताएका थिए भने युवा व्यवसाय तथा युवा नेता छेडुप तामाङले टिमको केही कमिकम्जोरीहरु समेत औंल्याउदै आगामी दिनहरुमा वाई. एस. के. ग्रुपको ¥यापका लागि गितसंगीत बजारमा कसरी अगाढि बढ्ने भनेर उचित सल्लाहा सुझाव दिंदै यो गितले राष्टिय रुपमा मात्रै नभएर अन्र्तराष्टिय गितबजारमा समेत एक किसिमको छाालाङ मार्ने कुरा व्यक्त गरेका थिए ।
नायिका रञ्जिता ब्लोनले कार्यक्रमलाई सम्बोधन गर्दै सिङ्गो टिमलाई सफलताको शुभकामना दिंदै मिस तामाङ २०२१ को बारेमा समेत केही चर्चा गरेका थिए । कार्यक्रमका बिशेष अतिथिको रुपमा रहेका बरिष्ठ गायक रोज मोक्तानले दिल खोलेरै यो गितको प्रशंसा गरे संगै र्याप गितको परिभाषा समेत दिएका थिए ।
प्रमुख अतिथि चन्द्र कुमार दोङले भने तामाङ गितसंगीतको बजारमा यत्ति धेरै बजेटमा बनेको यो गितले दर्शक श्रोतालाई अत्याधिक मात्रामा मनोरञ्जन दिने कुरामा विश्वस्थ रहेको भन्दै अब तामाङ गितसंगीतको बजार बिस्तारै कर्मसियल हुंदै गएको संकेत यो टिमले दिएकोमा खुशी व्यक्त गरेका थिए ।
उक्त गित सार्वजनिक कार्यक्रमको लागि प्रेस संयोजकको भुमिका सारा खबरका सम्पादक मिलन लामाले गरेका थिए भने कार्यक्रम सञ्चालन नमोबुद्ध न्यूजका सञ्चालक छेडुप दोङ तामाङले गरेका थिए ।
गित सार्वजनिक भए संगै सामाजिक सञ्जामा निक्कै चर्चा अनि बहसको बिषय नै बनेको छ रेबन चस्मा डम्फु मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक भएको यो गित अप्लोड भएको २ दिनमै ७० हजार भन्दा बढिले हेरिसकेका छन् भने ६५२ जनाले प्रतिकृया दिएका छन् ।
प्रतिकृयामा अधिकांशले यो गित युट्युव ट्रेन्डिङमा मा ल्याउनु पर्छ भन्ने खालका आशय व्यक्त गरेका छन् । धेरै जसो सकरात्मक प्रतिकृया दिएका दर्शक श्रोताहरुमध्य केहीकेहीले भने टिमको लागि सुझाव समेत दिएका छन् । कत्तिपए दर्शक श्रोताले भने गितको भाषा नबुझे पनि भिडियोको बारेमा खुलेर प्रतिकृया दिएका छन् ।