• पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधानसरकार अल्झिन जरुरी छैन, पहिले स्थानीय तहको निर्वाचन गराउनुपर्छ : शेरबहादुर केसी

    वडाध्यक्ष बोहरा ‘सेक्स काण्ड’ मा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १२:११

    मन्थली – रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका भरतबहादुर बोहरा ‘अर्जुन’ बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

    बोहरालाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले शनिबार पक्राउ गरेको हो । बोहरा मन्थलीको चनखुबाट पक्राउ परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले जानकारी दिएका छन् ।

    वडाध्यक्ष बोहराले ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । ती महिलाले सोमबार महानगरीय प्रहरी वृत्त, ठिमी, भक्तपुरमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष बोहरालाई पक्राउ गरेको जनाएको छ ।

    जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डीएसपी ढुङ्गानाले बताएका छन् ।

    बोहरालाई शनिबार पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ । ठिमी प्रहरी वृत्तका डीएसपी ऋषिराम कँडेलका अनुसार वडाध्यक्ष बोहराले माघ दुई गते राति महिलामाथि बलात्कार गरेको जाहेरी आएको जानकारी दिएका छन् ।

    बलात्कार भएको भनिएकी महिला मध्यपुर ठिमी नगरपालिका– ३ मा डेरा गरी बस्दै आएकी छिन् । वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    मन्थली नगरपालिका वडा नं. १० कि वडा सचिव पम्फा भुसालले पनि वडाध्यक्ष बोहरा पक्राउ परेको आफूले पनि सुनेको जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो वडाध्यक्ष बोहरा पक्राउ परेको मैले पनि समाचार हेरेर थाहा पाएको छु । अरु विषय थाहा भएन ।’

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका वडाध्यक्ष बोहरा तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु