दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

विद्यालयलाई कम्प्युटर हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १९:४५

सिन्धुपाल्चोक । लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेको अवस्थित जनचेतना आधारभुत विद्यालयलाई एक थान कप्युटर ,पिन्टर स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।


जनचेतना आधारभुत विद्यालयको ४५औं बार्षिकोत्सवको अवसरमा पारेर लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो ।त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरिएको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए ।

बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नु पर्ने दुलालले बताए । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोशियसनका उपाध्यक्ष रमेश धितालले विद्यालयको शैक्षिक विकासको लागि सधै सहयोग गर्ने बताए ।

विद्यार्थीको चौतर्फी हितको लागि आफुहरुको पहलमा सहयोग सामाग्री जुटाइएको उनले बताए ।पराजुलिका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ७ का वडअध्यक्ष उमा प्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नगर शिक्षा समिति सदस्य राजकुमार यादव,लायन्स क्लव ३२५A 2 का डिस्टिक चिफ विष्णु केसी,क्लबका अध्यक्ष शिवलोचन पराजुली, लायन कल्पना केसी,पवन केसि नेपाने युथ क्लबका सल्लाहकारहरु कृष्णप्रसाद नेपाल,जयराम न्यौपाने, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्षहरु दीपक अर्याल, सिंहबहादुर तमाङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिधालय का भु पु बिद्यार्थी एबम नेपाल चार्टर्ड अकाउन्टेन्ट संघ का वरिष्ठ उपाध्यक्ष सिए रमेश कुमार धिताल लाई पनि सम्मान गरियको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु