“कपुरी क” बोलको गित सार्वजनिक !बुढानिलकण्ठ स्थित रुद्रमती सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्नबस्नेतको अगुवाइमा ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपाल औपचारिक घोषणाहेर्नुस् आज२०७७ साल फागुन १५ गते, शनिवारको राशिफलदेशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डेमार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदैराष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठचेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजनाचर्चित सेफ सन्तोष साहलाई विमानस्थलमा भव्य स्वागतहेर्नुस् आज २०७७ साल फागुन १४ गते, शुक्रवार को राशिफल

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ०७:३२

काठमाडौं, माघ १५। पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसर पश्चिमी वायुको प्रभावका कारण नेपाली आकासमा बादल भरिदै गएकाले देशभरको न्यूनतम तापक्रम घट्दै जाने सम्भावना देखिएको छ ।

हाल काठमाडौं उपत्यकाको आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि उपत्यकामा वर्षा हुने सम्भावना भने नरहेको विभागले जनाएको छ ।

बिहीबार, दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टाका लागि देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा विहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु