आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ०८:३७

    काठमाडौं, माघ १५ । देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि २०७७ पुस ५ गतेसम्ममा मतदाता नामावलीमा नाम भएका र भई सोही मितिदेखि १८ वर्ष उमेर पूरा भएकाले आफ्नो नाम अद्यावधिक गर्न पाउनेछन् ।

    आयोगले माघ १५ देखि २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा एकसाथ उक्त कार्यक्रम सञ्चालन हुने जनाएको छ । जसअनुसार त्यहाँबाट मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको नाम वा विवरणमा त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यक्तिको नाम मतदाता नामावलीको सूचीबाट हटाउने काम हुनेछ । नागरिक दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु