• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १७:४२

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न चाहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले भने, “तर, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ ।”

    उनले पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । “प्रचण्ड–माधव नेपालसँग रिस उठेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,” नेता पौडेलले प्रश्न गरे, “कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?”

    उनले प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधी नेताको संज्ञा दिए । “केपी ओली गणतन्त्रवादी नेता होइनन्,” पौडेलले भने, “उनी गणतन्त्रविरोधी नेता हुन् ।”

    उनले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली भएको पनि ठोकुवा गरे । “देशमा समृद्धि नआउनुको कारण केपीले देशको नेतृत्व गरेका कारण हो,” नेता पौडेलले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु