सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउकाठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन
  • विपेशको ५५६ अंक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १७:५५

    काठमाडौं, माघ १६ गते ।
    नेपालका विपेश खड्काले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका छन् ।
    एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा बद्रुउद्दिन अन्सारीले ५४५ तथा सुखदेव चौधरीले ५४२ अंक जोडे ।
    सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको महिला १० मिटर एयर पेस्तोलमा कृष्णा थापाले ५५५ तथा सरिता बस्नेतले ५३७ अंक जोडे । प्रतियोगिताअन्तर्गत शनिबार १० मिटर एयर राइफलतर्फ प्रतिस्पर्धा हुने छ ।
    खेलाडीले प्राप्त गरेको अंकलाई कुवेतमा पठाइने र त्यहाँबाट आइतबार सहभागी सबै राष्ट्रका खेलाडीको नतिजा प्रकाशित गरिने नेपाल सुटिङ संघले जनाएको छ ।
    दुईदिने प्रतियोगितामा २२ राष्ट्र सहभागी छन् । नेपालबाट ६ पुरुष र ५ महिला गरी ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु