बुटवल – मापसे गरी तिब्रगतीमा हाक्दा, सडक छाडेर घरभित्रै बस्ने गरी अनियन्त्रित भएको भएको टिपर । बुटवलदेखि पाल्पाको दोभान जाँदै गरेको लु २ ख १७३२ नम्बको टिपर बुटवल पाल्पा रोडमा अनियन्त्रीत भई सडक बाहिर पुगेको हो ।
घटनामा कुनै मानवीय क्षती भने नभएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । टिपर र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाइएको जनाएको छ । केही समयअघि दुर्घटना न्युनिकरणका लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ‘टिपरका लागि टामइम कार्ट’ व्यवस्था गरेको छ ।-globalaawaj