देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डेमार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदैराष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठचेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजनाचर्चित सेफ सन्तोष साहलाई विमानस्थलमा भव्य स्वागतहेर्नुस् आज २०७७ साल फागुन १४ गते, शुक्रवार को राशिफलडा. गौरी शंकरलाल दास हेम बहादुर मल्ल सम्मानबाट विभुषितअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमा

आरभ र अकीको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १९:५२

काठमाडौं ।नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत पुरुष डबल्समा मंगलबार जित हात पारेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आरभ र अकीको जोडीले भारतका अरुनभा मजुम्दार र वाइत ओब्रियनको जोडीलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे । महिला डबल्समा नेपालका सलोनी तामाङ र प्रेरणा कोइरालाको जोडीले अमेरिकाकी साइना देशपान्डे र भारतकी भूमिका त्रिपाठीको जोडीलाई ६–३ र ६–४ को सीधा सेटमा हराए ।
पुरुष सिंगल्समा नेपालका सम्यकभूषण वज्राचार्य, श्रीयोग अधिकारी र प्रणव मानन्धर पराजित भए । सोही स्पर्धाको महिलामा नेपालका प्रकृति श्रेष्ठ, अभिलाषा विष्ट र रायना शाहले पराजय व्यहोरे । पुरुष डबल्स मा नेपालका इभ्येक जोशी र प्रितम परियार, सम्यक र आर्यन गिरी, श्रीयोग र निश्चल कायश्थ तथा प्रणव र चिराग तिमिल्सिनाको जोडीले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । उक्त स्पर्धाको महिलामा नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा रायना र प्रकृति श्रेष्ठको जोडी आ–आफ्नो खेलमा चुके ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु