आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०९:०८

    काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान ५ः४५ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हो । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ भने मौसम सफा रहने छ ।

    तराईमा बाक्लो हुस्सुु लागेको छ । जसका कारण तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    मौसमविद् श्रेष्ठका अनुसार पूर्वी तराईमा लागेको हुस्सु साँझसम्म रहने तर पश्चिम तराईमा अपरान्ह्पछि हट्दै जानेछ । उनका अनुुसार भोलिबाट मौसमा बदली सुरु हुनेछ । उक्त बदलीसँगै हिमपात र वर्षा हुने श्रेष्ठको भनाइ छ ।

    हाल पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली भोलिबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    उक्त मौसमी प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश २ का केही र अन्य प्रदेशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

    शनिबार यो प्रणालीको असर गण्डकी प्रदेश, वागमती प्रदेश, प्रदेश २ र प्रदेश १ मा रहनेछ । यी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ । प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको जनाएको विभागले प्रदेश १ का हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताएको छ ।

    शनिबार रातिबाट क्रमिक रुपमा मौसममा सुधार हुने विभागले बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु