~~ आत्मा नमरेको मुर्दा ~~
ङिचिक्क हाँस्दैछ खप्पर,
नाच्दैछ मुर्कुट्टा,
लुछाचुडी गर्दैछ आन्द्रा,
गाउँदैछ भुँडिहरु ।
नलि खुट्टोले बाँसुरी बजाउँदा आहा,
ब्रेक डान्स गर्दैछन ,
अस्थिपन्जर हरु ।।
भैंसी पोल्ने दाउरामा जल्नु पर्दा,
मस्तिष्कमा सल्बलाउँदैछन थुपारेका धनहरु ।
आफ्नाले नै घोचिघोची पोलेको देख्दा आहा,
कटक्क काटिएका छन धन हुनेका मनहरु ।।
धन थुपार्ने गिदि जल्यो,
मन थुपार्ने मुटु जल्यो
बनावटी रुवाबासी भित्राभित्रै आहा,
लालपुर्जा र तमसुक खोज्नेको हुल बढ्यो ।।
१३ दिने काजक्रीया
सकिएकै छैन
अंशबण्डाको लहर चल्यो।
दाजुभाई छोराछोरीले भाग पाए आहा
टुलुटुलु हेर्दै उस्को आत्मा त्यहीँ रोईदियो ।।
रामचन्द्र तिम्सिना
(आवाज)