काठमाडौं- आफुले हरहिसाब माग्दा कर्मचारीले ताण्डव देखाएको फेसियल हाउसकी संचालक सुस्मा महराले बताएकी छिन् । हेटौडा निवासी मुकेश पाण्डेले २०७५ साल फाल्गुण ५ गते दुइलाख एडभान्स समेत लिएर पोखरा ब्राच सम्माल्छु भन्दै हिडेको तर पोखरामा गाजा खाएर रल्लिने र महिला स्टाफलाई यौन दुर्व्यवहार गरेको भन्ने गुनासो आउन थाले पछि महराले आफ्नो कम्पनीकै बेईज्जत हुने ठानेर एक महिनामा नै काठमाडौं ब्राचमा नै काम लगाएर राखेको महराको भनाई छ । महराका अनुसार मुकेशले काठमाडौं ब्रान्चमा पनि काममा नै नआई कहिले भाई मर्यो , कहिले जग्गाको मुद्धा छ भन्ने वाहानामा काममा नै नआउने गरेका थिए, तर पछील्लो केहि महिना लगातार आएर काम गर्न थाले । उनी भन्छिन् ’उसको नियत अर्कै रहिछ माघ १३ गतेमात्र थापायौ, फेसल हाउसमै काम गर्ने अन्य स्टाफहरुबाट ७ हजार उठाउदै ट्रेनिङ दिदै ट्रेनिङ सकिएपछी ४० ,५० हजारको जागीर लगाई दिन्छु भनेर लगिरहेको रहेछ’ । महराले थप्दै भनिन ’यस पछि हामीले तुरुन्तै स्पस्टीकरण लिएर एडभान्स बापतको रकम फिर्ता गर्न र हरहिसाब फरफारक गर भनेर सुचना नै जारी गर्यौ, तर उल्टै मिडिया वाजिगर्ने कार्यगरी रहेको छ’ । ‘जुन प्रयोजनका लागि रकम लिएको हो सो प्रयोजनका लागि काम गर्न नसकेपछि मुकेश पाण्डेले कागज गरेर लगेको पैसा फिर्ता गर्नुपर्छ कि पर्दैन ? तपाईं नै भन्नुस्’ महराले आफ्नो कुरा राख्दै भनिन । अब आफु कानुनी उपचारमा जाने पनि उनले बताईन् ।
तस्बिर-corporatekhabar.com बाट