काठमाडौं : संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा बिहीबार प्रचण्ड–माधव समूहले देशैभर हडताल गरेको छ।
बन्द सफल पार्न प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरू सडकमा खटेका छन्। फाट्टफुट्ट रूपमा चलेका सवारीसाधनलाई समेत उनीहरूले फर्काइदिएका छन्।
बन्दकर्ता मात्र नभई बन्दको विरोध गर्नेहरू समेत सडकमा निस्किएका छन्। बन्द सधैँका लागि अन्त्य गर्नुपर्ने माग गर्दै बन्दकर्ताहरुलाई काउन्टर दिन बन्दको विपक्षमा ठाउँ ठाउँमा मोटरसाइकलमा सवार युवाहरूले बन्दको विरोध गरेका हुन्।
बन्दको विपक्षमा राष्ट्रिय युवा संघ नेपालको नेता रामनारायण श्रेष्ठ (आर्यन)को अगुवाइमा पनि आज गंगबु देखि रत्नपार्क सम्म मोटरसाइकल र्याली नै निकालेका हुन्।
बन्दको विरोधमा बन्द गर्न पाइदैन जनतालाई दुख दिन पाइदैन भन्दै सडक मा उत्रिएर स्वस्पुर्त जुलुस निकालिएको नेता श्रेष्ठले बताएका छन् ।